Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध

सल्यान  :  वर्षातका कारण सडकमाथिबाट पहिरो आएपछि छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मंगलबार) बेलुकी परेको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बोटेचौर–सल्लि सडकखण्डअन्तर्गत पोखरे, धागेचरि, कुरिल्ले, जुम्लिभिरमा पहिरो आएको छ। गएरातिदेखि गाडीहरू पहिरोका कारण बीचमै रोकिएका छन्। जसका कारण धेरै यात्रु अलपत्र परेका छन्।

सुर्खेत गुर्भाकोट नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाअन्तर्गतका वडाहरूले जथाभावी सडक खन्दा त्यसको असर छिन्चु–जाजरकोट सडकखण्डमा परेको छ । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक सञ्चालन गर्न अझै २÷३ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।