Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

गोलाप्रथा बाट काँग्रेसका पुरी बिजयी

दैलेख  :  दुल्लु नगरपालिका–१० को वडाअध्यक्षमा गोलाप्रथा बाट नेपाली काँग्रेसका दिपेन्द्र कुमार पुरी बिजयी भएका छन । मगलवार अपरान्ह सार्वजकि गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार हर्क बहादुर खड्का र नेपाली काँग्रेस बाट वडा अध्यक्षका उम्मेदवार दिपेन्द्र कुमार पुरी ५२५÷५२५ मत प्राप्त गरेका थिए ।
निर्वाचन कार्यलय दुल्लुका निर्वाचन अधिकृत यज्ञ पुरीले दुबै जनाको सल्लाहमा गोला प्रथा गर्दा काँग्रेसका दिपेन्द्र पुरी बिजयी भएको जानकारी दिए । खड्का यसअघि पनि दुल्लु नगरपाकिला –१० को वडाअध्यक्ष थिए । वडाका अन्य सदस्यमा भने नेकपमा एमालेकै उम्मेदवारले जितेका छन ।