चौर्तफी घेराबन्दि र गठबन्धनविरुद्ध एमालेको जित

दैलेख : विभिन्न निकायको चौर्तफी घेराबन्दि र गठबन्धन बिरुद्ध नारायण नगरपालिकाका एमालेले बिजय हासिल गरेको छ । नारायण नगरपालिकाको नगर प्रमुखमा एमालेका नेता लोमन शर्मा बिजयी हुनुभएको छ । एमालेका शर्माले सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेपाली काँग्रेसका निर्मला कुमारी खड्का थापा ७९ मतान्तरले पराजित गरेका छन । एमालेबाट मेयरमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसका थापाले ५३५७ मत प्राप्त गरिन् ।
उपमेयरमा एमालेकी तप्ताकुमारी खड्काले गठबन्धनका उम्मेदवारलाई १८३५ मतसहित फराकिलो मतान्तरमा पराजित गरिन् । यहाँ गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) की सावित्री मल्ल उपमेयरको उम्मेदवार बनेकी थिइन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित मल्ल एमाले विभाजन पनि एकीकृत समाजबादीमा लागेकी थिइन् । मेयरमा निर्वाचित एमालेकी खड्काले पाँच हजार ६७३ मत प्राप्त गरिन् । यस्तै उपमेयरमा पराजित एकीकृत समाजवादीकी मल्लले ३८३८ मत पाइन् ।
११ वटा वडा रहेको यो नगरमा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ३ वटा वडामा जितेको छ । नगरको वडा नम्बर १ मा काँग्रेसका सन्देश कुमार श्रेष्ठ, २ मा एमालेका रेशमबहादुर थापा, ३ मा एमालेका चन्द्र प्रसाद उपाध्याय, ४ मा काँग्रेसका चन्द्र वहादुर कटुवाल वडाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ५ एमालेका ऐमान सिंह थापा, ६ मा एमालेका जनकप्रसाद न्यौपाने, ७ मा एमालेका खड्ग बहादुर शाही, ८ मा एमालेका गोपाल कुमार वि।सी।, ९ मा नेपाली काँग्रेसका महेन्द्रविक्रम खड्का, १० मा एमालेका लाल बहादुर बस्नेत र ११ मा काँग्रेसका दिर्घ बहादुर मल्ल वडाध्यक्षमा निर्वाचित भएका छन् । नारायण नगर एमाले जिल्ला अध्यक्ष एवं प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्माको गृह पालिका हो ।