Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा बुझाएन्न इजाजत प्राप्त हातहतियार

दैलेख  :  जिल्ला प्रशासन कार्यालय दैलेखले इजाजत प्राप्त हात हतियार कसैले पनि नबुझाएको जानकारी दिएको छ । प्रशासनले स्थानीय तह निर्वाचनलाई भयरहित बनाउँनका लागि हतियार प्रहरीलाई बुझाउँन गत चैत १८ शुक्रवार सुचना जारी गरेपनि हालसम्म कसैले पनि हतियार नबुझाएको प्रशासनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम सुचना अधिकारी गणेश प्रसाद कोइरालाले इजाजत प्राप्त हात हतियार बुझाउन तोकता गरेको भएपनि कसैले पनि नबुझाएको बताए । उनले प्रशासनले गरेको आग्रह लाई अस्विकार गरी हातहतियार घरमा राखेको पाइएमा कानुन अनुसार कार्वाही हुने जानकारी दिए । उनले भने निर्वाचनलाई स्वच्छ र भएरहित बनाउन एकिकृत सुरक्षा रणनिती र निर्वाचन सामाग्री ढुवानी कार्य र समयतालीकाको समेत निर्धारण गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) भुवनेश्वर प्रसाद शाहले जिल्ला प्रशासनले परिपत्र गरे अनुसार जिल्लामा रहेका सबै प्रहरी युनिटलाई इजाजत प्राप्त हातहतियार बुझाउन गाउँ गाउँमा सुचना पठाएको भएपनि कुनै पनि युनिटमा हतियार नबुझाएको बताए । उनले भने निर्वाचन सम्पन्न भए पश्चात हातहतियार फिर्ता हुने गरी सुचना जारी गरेपनि हतियार फिर्ता नहुने डरले नबुझाएको आंशका गरेको बताए ।

जिल्लामा कति हात हतियार इजाजत प्राप्त छन भन्ने विवरण समेत प्रशासनमा माग्दा उपलब्ध हुन सकेन ।