Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

नेकपा एस महाबु गाउँ कमिटि सचिव काँग्रेसमा प्रवेश

दैलेख  :  नेकपा (एकीकृत समाजवादी) पार्टी महाबु गाउँकमिटीका सचिव प्रकाशराज थापा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट पार्टीको राजनीतिक पृष्ठभूमि बनाएका थापा शुक्रवार काँग्रेसमा प्रवेश गरेका हुन् ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा महाबु गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट चुनाव लडेका थिए । उनी नेपाली काँग्रेसका रामकृष्ण गुरुङ्गसँग पराजीत भएका थिए ।

काँग्रेस प्रवेश गरेका थापा नेकपा एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको महाबु गाउँपालिकाको सचिवको जिम्मेवारीमा थिए । उनलाई शुक्रवार काँग्रेस नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा बाट नेपाली काँग्रेसले वडाअध्यक्षमा टिकट दिने निश्चित भएपछि थापा प्रवेश गरेको बताइएको छ ।