Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो

दैलेख  :  स्थानीय तहको निर्वाचनका लागि दैलेखमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । लामो समयदेखि सहमतिको प्रयास भएपनि आज मात्रै भागबण्डा मिलेको हो । यद्धपी औपचारिक घोषणा भने हुन सकेको छैन् । गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लगाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जिल्लाका ११ वटा स्थानीय तहमै गठबन्धन दलहरुबीच भागबण्डा भएको छ । जस अनुसार जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । यस्तै महाबु गाउँपालिकामा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको स्रोतले बतायो ।

यस्तै नौमूले गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसलाई भाग पर्दा नेकपा (एकीकृत समाजवादी) भागमा उपाध्यक्ष परेको छ । भगवतीमाई गाउँपालिकाको अध्यक्ष भने नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ भने उपाध्यक्ष नेपाली काँग्रेसले पाएको छ । यस्तै डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ ।

यस्तै गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ । त्यसैगरी दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयर नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ ।
जिल्लाको भैरबी गाउँपालिकाको अध्यक्ष नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली काँग्रेसको भागमा परेको छ । ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भने नेकपा (माओवादी केन्द्र)लाई भाग पर्दा उपाध्यक्ष नेपाली काँग्रेसले पाउने स्रोतले जानकारी दियो । त्यस्तै आठबीस नगरपालिकाको मेयर नेपाली काँग्रेसले पाउँदा नेकपा (माओवादी केन्द्र)ले उपमेयर पाउने निश्चित जस्तै भएको बताईएको छ ।