नगर प्रमुख सुवेदीद्वारा अक्षयकोष स्थापना
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको पाँच वर्षे कार्यकालमा आफुले पाएको पारीश्रमिक बाट अक्षयकोषको स्थापना गर्ने भएका छन । सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको रु १३ लाख पचास हजार रुपैयाँ गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने भएका हुन् ।
गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रविजगत फाउन्डेसको स्थापना गरेका छन् । समुदायमा रहेका आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको हकहितको लागि फाउण्डेसनले काम गर्नेछ ।
सुवेदीका अुनसार खेलकुद क्षेत्रमा यूवा सहभागिताका लागि काम गरी वातावरण संरक्षण अन्तर्गत लोपोन्मुख जीवजन्तु, वन्यजन्तु, वनस्पतिहरु, प्रकृतिक सम्पदाहरुको संरक्षणका लागि विशेष प्रकृति मैत्री सुरक्षा पहलमा जोड दिने छ । संस्थाले प्रचलित नेपालको कानुनको अधिनमा रही सम्बन्धित निकायबाट अनुमति र इजाजत प्राप्त गरी उद्देश्य कार्यान्वयनमा काम गर्नेछ । फाउण्डेसन गैर राजनीतिक र मुनाफारहित हुने सुवेदीको भनाई छ ।