Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

एमालेको घोषणापत्र सार्वजनिक, छ संकल्प प्रस्तुत

काठमाडौँ  :  नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै ६ संकल्पहरू प्रस्तुत गरेको छ । आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा आफूहरूले अपनाउने नीति तथा व्यवहारलाई घोषणापत्रमा समेटिएको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयबाट एमालेका अध्यक्ष केपी ओलीले चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । उक्त घोषणापत्रमा प्रमुख ६ वटा संकल्प प्रस्तुत गरिएको छ ।
६ बुँदे उक्त संकल्पमा एमालेले आफ्ना जनप्रतिनिधिहरू शासक नभएर जनताका सेवक हुने उल्लेख गरेको छ । यस्तै एमालेका जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने बताइएको छ । साथै एमालेका जनप्रतिनिधिको नेतृत्वमा रहेका पालिकाहरू सदाचारमा नमुना बनाउने पनि एमालेको प्रतिबद्धता छ ।
एमालेले गरेको संकल्पहरु
– हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।

– हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने छन् ।

–हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने छन् ।

– हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।

– हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।

– हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने छन् ।