मध्यपश्चिम विश्वविद्यालयका ५१९ विद्यार्थी दीक्षित हुँदै
सुर्खेत : मध्यपश्चिम विश्वविद्यालको मंगलबार हुने दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षीत हुने भएका छन् । विश्वविद्यालयले विभिन्न पाँच सङ्कायका ५१९ विद्यार्थीलाई कुलपति, उपकुलपति, सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्ण पदक प्रदान गर्न लागिएको जनाएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता, सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोह आयोजना हुँदैछ । समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहनेछ ।