Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सुर्खेतमा नौ हजार १६९ विद्यार्थी एसइइ दिदै

सुर्खेत  :  सुर्खेतमा नौ हजार १६९ जना विद्यार्थीले एसईइ दिने भएका छन । शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले तीन प्राविधिक र एक खुला विद्यालय गरी एक सय ६२ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागि हुने जनाएको छ ।

इकाइका अनुसार नियमिततर्फ आठ हजार ८९९ जना, ग्रेड वृद्धि २७० जना, प्राविधिकतर्फ ११२ जना र खुलातर्फ ४२ जना विद्यार्थी परीक्षामा सहभागि हुने छन् ।

यस्तै सुर्खेतमा ३१ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन लागिपरिरहेको इकाइका प्रमुख भोजप्रसाद लम्सालले बताइ ।

उनका अनुसार परीक्षाका लागि केन्द्राध्यक्ष ३१, सहायक केन्द्राध्यक्ष ६१ र निरीक्षक ४५८, सहायक कर्मचारी ७५, कार्यालय सहयोगी १५०, सुरक्षाकर्मी ६३१ र एक हजार ४०६ जना कर्मचारी प्रत्यक्ष रुपमा खटिदैछन् । कोरोनाका कारण दुई वर्ष विद्यालयको आन्तरिक मुल्याङ्कनको आधारमा नतिजना प्रकाशन हुँदै आए पनि अहिले कोरोनाको महामारी कम भएकाले भौतिक रुपमा नै परीक्षा हुन थालेको हो । परीक्षा संचालनका बारेमा यहाँका केन्द्राध्यक्षहरुलाई परीक्षा संचालन तथा व्यवस्थापनका बारेमा अभिमूखिकरण गरिएको छ ।