Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

अलपत्र पराजुली साना जलविद्युत आयोजना निर्माण हुने

दैलेख  :  निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको दैलेखको अपर पराजुली साना जलविद्युत आयोजना लगानी अभावका कारण नौ वर्ष देखी अलपत्र परेको आयोजना निर्माण हुने भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ व्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भएको भएपनि आर्थिक अभावका कारण आयेजना निर्माण हुन सकेको थिएन र आयोजनाको काम भने २०७२ देखि सुरु भएको आयोजनाको हेडवक्स, पाइपलाइन विच्छयाउने आधा काम सकिएर पावर हाउस निर्माण पनि आधा निर्माण भइसकेको भएपनि आर्थिक अभावका कारण योजनाले पुर्णता पाउँन नसक्दा गाउँपालिकाले समेत शेयर वापत २५ लाख रुपैया समेत खर्च गर्दा निर्माण हुन नसकेको आयोजना प्रदेश सरकारले जनताको जलबिद्युत(संचालन र ब्यबस्थापन कार्यविधि २०७५ बमोजीम शेयर लगानीका लागि पाँच करोड दिने भएपछि निर्माण हुने भएको हो ।

आयोजनाको नौँ सय मिटर क्यानल निर्माण गरिएको छ । एक हजार ४४० मिटर पाइपलाइन, दुई हजार सात सय मिटर कुलो गरी चार किलोमिटर दुरीबाट पानी ल्याई टर्रवाइनमा झारेर बिुद्युत उत्पादन गर्ने लक्ष्य राखेका अपर पराजुली साना जलविद्युत आयोजना लगानी नभएका कारण निर्माण हुन नसकेको भएपनि अव प्रदेश सरकारले दिने पाँच करोड र अन्य ७ करोड लगानी जुटाएर कुल १२ करोड आयोजनाले जानकारी दिएको छ ।

रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले विद्युत प्राधिकरणले उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि परेको बताए । उनले तेत्तीस केभिए प्रसारण लाइन नहुँदा आयोजना निर्माणमा ढिलाइ भएको र बजार मूल्य, वित्तीय संस्थाको ब्याजका कारण आयोजना निर्माण महङ्गो पर्न बताए । उनका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रतिकित्ता ११५ र चैत्र मसान्तसम्म प्रतिकित्ता १५० रूपैयाँका दरले शेयर लगानीको आह्वान गरेको भएपनि प्रयाप्त मात्रामा लगानी नआएको बताए ।

उनले भने हामी अब उत्पादनको चरणमा छौ  मुआब्जा वितरण गरिसकेको छ । बैंकले करोडौँ लगानी गरेको आयोजना अलपत्र पर्ने अवस्था आएको हो । २.१५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणमा एभरेस्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यहरूको ३० प्रतिशतमा करिब ५५ करोडको लागतमा निर्माण सुरु गरिएको थियो अव बन्छ भन्नेमा ढुक्क छौ ।

 

डुगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले आर्थिक वर्ष २०६७÷०७७ मा अपर पराजुली साना जलविद्युत आयोजना निर्माणका लागि शेयर वापत २५ लाख रुपियाँ भुक्तानी दिएको भएपनि आयोजनाको अवस्थामा कुनै परिबर्तन हुन नसकेको बताए । उनले अहिले प्रदेश सरकारले निर्माण सम्पन्न भएर राष्ट्रिय प्रशारण लाईनमा जडान हुँन बित्तिकै पाँच करोड शेयर वापत लगानी गर्ने निर्णय भएपनि अलपत्र पारेको पावरहावसको काम भइरहेको बताए ।

उनले जलबिुद्यत आयोजनामा गाउँपालिकाको किन शेयर हालेको भन्ने प्रश्नमा आयोजना निर्माण हुने र त्यस बापत फाइदा आएको रकम निरन्तर गाउँपालिकामा आउँने भएका कारण लगानी गरेको बताए । स्थानीय नागरिकले भने अझै पनि आयोजना नबन्ने होकी भन्ने चिन्ता रहेको बताएका छन । उनीहरुले आयोजनाले यहाँको ब्यापारीको मात्र लाखौ रकम तिर्न बाँकी रहेको बताएका छन ।

नेकपा(एमाले) दैलेखका अध्यक्ष रबन्द्रि शर्माले आयोजनाका नामका ब्यक्तिहरुले फाइदा लिइरहेको र निर्वाचनको बेला प्रदेश सरकारले आयोजना निर्माणमा लगानी गरेर जनतालाई प्रभावित बन्न खोजेको आरोप लगाए । उनले करोडौ लगानी भयो आठ बर्ष देखी आयोजना अलपत्र थियो कसैले चाँसो दिएन निर्वाचनको बेला जनतालाई निशुल्क बिद्युत वितरण गर्ने बाहाना बनाएर मत लिने काम गर्न खोजेको बताए ।