Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना डिस्चार्ज

काठमाडौं :  पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १९२ नमूना परीक्षण गर्दा २६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। सोही अवधिमा ७७ जना कोरोनामुक्त भएका छन्। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ११४६ रहेको छ। पछिल्लो २४ घन्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।