Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दैलेखमा निर्माण भयो बहुउदेश्यीय कर्वडहल

दैलेख  :  नारायण नगरपालिका –१ मा सुबिधा सम्पन्न कर्वड हल निर्माण भएको छ । जिल्ला सदरमुकाममा रहेको त्रिभुवन माध्यामिक विद्यालयको जग्गामा सहरी विकास मन्त्रालय,सहरी बिकास तथा भवन निर्माण बिभाग संघिय आयोजना कार्यान्वयन इकाई सुर्खेतले तीन करोड ३६ लाख लागतमा उक्त कर्वडहल निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएको कर्वडहल नारायण नगरपालिका र त्रिभुवन माध्यामिक विद्यालयको महाततमा रहने गरी ,सहरी बिकास तथा भवन निर्माण बिभाग संघिय आयोजना कार्यान्वयन इकाई सुर्खेतले हस्तान्तरण गरेको छ ।

 

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले बहुउद्देश्यीय कर्वडहल निर्माण भए संगै कर्वडहलको अभावमा खुल्ला चौरमा खेल खेलाउनु पर्ने बाध्यता अन्त्य भएको बताए । उनले कर्वडहलमा भलिबल,बक्सीङ,कराते,उस्सु,तेकाल्दो,बासकेटबल,टेबुल टेनिस खेल खेलाउन सकिने बताए ।

नारायण नगरपालिका –१ का अध्यक्ष तीर्थ नारायण श्रेष्ठले लामो समयको प्रयास पछि जिल्लामा पहिलो पटक कर्वडहल निर्माण भएको खुसी ब्यक्त गरे । उनले आफु पुर्ब खेलाडी भएका कारण पनि कर्वडहलको अभाव सधै भोग्यौ अव खेलाडीले कर्वडहलको अभाव खेप्नस पर्ने अवस्था छैन ।