Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दुविधा नराखी निर्वाचनमा होमिन अध्यक्ष ओलीको निर्देशन

काठमाडौं  :  प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले स्थानीय निर्वाचन लागि प्रतिबद्धता पत्र तयारी सम्बन्धमा भर्चुअल कार्यशाला आयोजना गरेको छ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा तात्कालीन सरकारले गरेका काम जनतामा लिएर जान निर्देशन दिएका छन । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन । उनले
वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अरु सबै एक र एमाले एक्लै भएको विषयमा कुनै दुविधा नराखी निर्वाचनमा होमिन अध्यक्ष ओलीले सबैलाई निर्देशन दिएको जानकारी दिए ।

स्थानीय तह प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका थिए । कार्यशालामा मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृतरुपमा व्याख्या गरेका थिए । कार्यक्रममा स्थायी कमिटीका सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारी र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुख सहभागी हुनुहुन्छ।