Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

संसदीय अध्यास गर्दै बालबालिका

दैलेख  :  जिल्लाको ठाटिकाँध गाउँपालिका भित्रका बालबालिकाको क्षमता विकासका साथै नेपालको संसदीय व्यवस्थालाई बुझाउन संसदीय तर्क युद्ध ठाटिकाँध बहस कार्यक्रम आयोजना गरिएको छ । ठाटिकाँध गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ युवा नयाँ सोच संस्थाको आयोजनामा संसदीय बहस कार्यक्रम भएको हो ।

कार्यक्रममा बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका थिए । उनीहरूले. सदनमा बलात्कारीलाई सजाय दिन बनेको ऐन र धर्मनिरपेक्षता सम्बन्धी ऐन र देशको समसामयिक राजनीतिक घटनाक्रम, बाल अधिकार लगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरू राखेका थिए । सदनमा सबैको प्रतिनिधित्व हुने प्रधानमन्त्री,सभामुख,प्रतिपक्ष दलको नेता भएर काम गरेका थिए ।

संसदीय बहस कार्यक्रममा नयाँ युवा नयाँ सोच संस्थाका जिल्ला अध्यक्ष रमेश कुमार सिजापतिले विभिन्न विद्यालयका १६ जना बालबालिकालाई राष्ट्रिय सभा,प्रतिनिधि सभा सदनमा बिद्येकहरु कसरी ल्याउने,त्यसमा सभामुख,प्रतिपक्ष,सत्तापक्ष,सचेतकको भूमिका कस्तो रहने भन्ने विषयमा जानकारी दिएको बताए ।

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले संसदीय अभ्यास सम्बन्धी बालबालिकालाई सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले बालबालिकाको क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमले सहयोग पुग्ने भएका कारण गाउँपालिकाले सहयोग गरेको जानकारी दिए ।

संसदीय बहस कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रथम,दितिय बनाएर पुरस्कारसमेत वितरण गरेको आयोजक संस्थाले जानकारी दिएको छ । संस्थाका अनुसार मेडल,ट्रफी,प्रमाण पत्र र नगद पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।