Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

राजिनामा दिएका सांसद् बिष्टले गराए सनाखत

सुर्खेत  :  कर्णाली प्रदेश सभा सदस्य बाट राजीनामा दिएका ठम्मर बिष्टले सभामुख समक्ष राजीनामा पत्रमा सनाखत गरेका छन । शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही समक्ष प्रदेश सभा सदस्य पद छोडेको प्रदेश भनि सभामा सनाखत गरेका हुन ।

विटष्टले केही दिन अघि आफ्नो राजीनामा–पत्र कर्णाली प्रदेश सभामा ईमेल मार्फत दर्ता गरेका थिए । काठमाडौंमा भएको बेला नेकपा (माओवादी केन्द्र) र प्रदेश सभामा बाट राजीनामा दिएका थिए ।

नेपालको संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ । उक्त उपधारामा निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ।

यस्तै, बिहीबार मात्रै नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको वैठकले निर्णय गर्दै विष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिएको थियो । इमेलमा स्कयान गरेको हस्ताक्षर रहेको भन्दै प्रदेशसभाले आफै उपस्थित भएर सनाखत गराउनुपर्ने भन्दै राजिनामा स्वीकृत गरेको थिएन ।