Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

सुर्खेत  :  सुर्खेतको वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईक ठोक्किँदा एकको मृत्यु भएको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेतका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर–११ सेडा स्कुल नजिक दुर्घटना भएको हो ।

रत्नराजमार्ग अन्तरगत पिपिराबाट धुलियाबिट तर्फ गएको १ ख ३३०२ नम्बरको टिप्पर र सोही दिशाबाट जाँदै गरेको भे ७ प १७९९ नम्बरको मोटरसाईल टिप्परको पछाडी ठोक्किँन जाँदा मोटरसाईकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल टिपरसँग ठोक्किँदा लेक बेँसी नगरपालिका–५ सुर्खेत नेटा गाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।