Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

एमालेको बैसाखी टेकेर चुनाव जित्ने सपना नदेख्नुस् : पोखरेल

धादिङ  :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० मा हुने निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् । नेकपा(एमाओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिएको अभिब्यक्तिको जवाफ दिदै उनले एमालेको बैसाखी टेकेर जित्ने सपना नदेख्न पनि चेतावनी दिए ।

‘औकात छ भने चुनावमा आउनुस्, अब नेकपा एमालेको बैसाखी टेकेर चुनाव जित्छु भन्ने सपना नदेख्नुस्’ नेता पोखरेलले भने । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धोका दिएको पनि उनको आरोप थियो ।

‘पहिला एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेका थियौं, धोका दिएर कांग्रेसका पक्षमा जानेलाई फेरि जिताइदिनुपर्ने जिम्मेवारी बोकेका छैनौं,’ पोखरेलले भने, ‘एक पटक कम्तीमा प्रचण्ड र मावध नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौं ।’ यस्तै दाहाल र नेपाल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेको उनको टिप्पणी थियो । ‘कांग्रेसको नेतृत्वको बाटोमा हिँड्नेहरु कसरी कम्युनिस्ट कसरी समाजवादी हुन्छ उहाँहरूले रोजेको बाटो देउवाजीको बाटो हो, उनले भने ।

यस्तै माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि तयार नभएको पनि उनले आरोप लगाएका छन् । उनीहरुले निर्वाचन सार्ने ुहतकण्डाु प्रयोग गरेको पनि पोखरेलले बताए ।