Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

नेकपा(एमाले) दैलेखको अध्यक्षमा रबिन्द्रराज शर्मा विजयी

दैलेख  :  नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन । शर्मा प्रतिस्पर्धी सूर्यबहादुर शाहीलाई एक सय ५१ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका भएका हुन । एमाले दैलेखको नयाँ पदाधिकारी चयन गर्न बुधवार मतदान भएको थियो । निर्वाचन मण्डलले दिएको जानकारी अनुसार अध्यक्षमा निर्वाचित शर्माले ४ सय १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सूर्य बहादुर शाहीले २ सय ६३ प्राप्त गरेका छन । जिल्लाभरबाट ७ सय २१ जना प्रतिनिधि छनोट भए पनि मतदानका क्रममा ६ सय ८४ मत खसेको थियो ।

यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा निर्वाचित भएका छन । भैरवी गाउँपालिकाका अध्यक्ष समेत रहेका बुढाले ४ सय ५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टोप बहादुर बिसीले १ सय ९६ मत प्राप्त गरेका छन । यस्तै एमाले सचिवमा तिलक प्रसाद रिजाल निर्वाचित भएका छन । उनले ३ सय ६५ मत प्राप्त गर्दा प्रतिस्पर्धी रुद्ध शाहीले ३ सय २ मत प्राप्त गरेका छन ।

त्यसै गरी उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित हुनुभएको छ । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिकाको उपाध्यक्षमा झिनो मतले परिजित न्यौपाने २ सय ६४ मत सहित एमाले दैलेखको उपसचिव पदमा निर्वाचित भएकी हुन । उपसचिवमा निर्वाचित दाहालले २ सय २१ मत प्राप्त गरेका छन । दुई उपसचिवका लागि ८ जनाको उम्मेदवारी परेको थियो । उपसचिवमा प्रतिस्पर्धा गरेका चन्द्रप्रसाद दाहालले १ सय ७, जनकप्रसाद न्यौपानेले १ सय ९४, झविराज (कवि) खत्रीले ९३, प्रेमबहादुर खड्काले ९२, विष्णु शाहीले १ सय ४८ र लक्ष्मीकुमारी कार्कीले १ सय ३८ मत प्राप्त गरेका थिए ।

त्यस्तै खुल्ला तर्फ जिल्ला कमिटी अमरबहादुर शाही,ओम जङ्ग शाही, ई . कपिल खनाल,कर्णबहादुर शाही,कलम बिक,गणेशप्रसाद रेग्मी,. चन्द्र प्रसाद पोखरेल, सिपी शर्मा,जितेन्द्र थापा, नवीन योगी,नरेन्द्रबहादुर शाही,लक्ष्मीप्रसाद रेग्मी,श्यामल कँडेल,,शेरबहादुर रावत, हुकुमबहादुर शाही निर्वाचित भएका छन ।

खुल्ला महिला तर्फ अमृता कुमारी शाही,विमला थापा,रिना पोखरेल, रेखा थापा, सिताकुमारी शाही, दलित तर्फ धनबहादुर सुनार, पर्वसिंह विश्वकर्मा , प्रेम बिक,डम्बरबहादुर तिरुवा,सुरेन्द्र कामी,कर्णबहादुर बिक,सङ्कर बहादुर नेपाली,कविराम सुनार,तिलक रोकाय,. पदमबहादुर बिक,.लोकबहादुर नेपाली दलित महिला तर्फ तक्मा बिक,.बाटुली सुनार, गीता रम्तेल,नन्दा बिक, आदबासी जनजाति पुरुष तर्फ प्रेमबहादुर रामजाली,कर्णबहादुर आले, कृष्णबहादुर थापा, धनबहादुर गुरुङ,कोषबहादुर दर्लामी ,धनबहादुर रामजाली, आदिवासी जनजाति महिला तर्फ चन्द्रा राना,चन्द्रा श्रेष्ठ,चन्द्रा थापामगर निर्वाचित भएका छन ।

त्यस्तै आठबिस भूगोल तर्फ पुरुषमा छिताराम बिक,रामप्रसाद जैसी,दीपेन्द्रराज खनाल आठबीस भूगोल महिला तर्फ कल्पना थापा,. राधिका शाही, ठाटिकाँध भूगोल पुरुष तर्फ योगेन्द्र विक्रम राज थापा(अनाम),जनकबहादुर शाही, दिपबहादुर शाही ,ठाटिकाँध भूगोल महिला तर्फ कल्पना सिजापति कठायत,निर्मला शाही चामुण्डाबिन्द्रासैनी भूगोल पुरुष तर्फ अंगतबहादुर शाही,झक्क प्रसाद शर्मा, वीरबहादुर रावत, चामुण्डाबिन्द्रासैनी भूगोल महिला तर्फ अम्बिका बोहरा,नन्दा आचार्य,दुल्लु नगरपालिका भूगोल पुरुष तर्फ . खगेन्द्रबहादुर थापा,रामचन्द्र रिजाल,लक्षिराम थापा,दुल्लु नगरपालिका भूगोल महिला तर्फ रेणु भट्टराई , निर्मला रिमाल पोखरेल,भैरवी भूगोल पुरुष तर्फ शान्तिप्रसाद रिजाल,नरबहादुर थापा,छविराम आचार्य भैरवी भूगोल महिला तर्फ पदमकुमारी विष्ट, ललिताकुमारी रेग्मी नारायण नपा भूगोल तर्फ यमनारायण उपाध्याय,हरिबहादुर थापा,सुरतबहादुर रावत नारायण नगरपालिका महिला तर्फ धनसरि रेग्मी,. हेमा खड्का ,नौमुले भूगोल पुरुष तर्फ सन्तबहादुर चन्द,यामप्रसाद शर्मा,नामाकर शर्मा नौमुले भूगोल महिला तर्फ गीता चन्द,. मनकुमारीसिंह थापा, गुराँस गाउँपालिका भूगोल पुरुष तर्फ कुलवीर बिक, दलसिंह बुढा,बलराम खत्री गुराँस गाउँपालिका भूगोल महिला तर्फ लीला बि सी,शिवा खड्का, महाबु गापा भूगोल पुरुष तर्फ गंगाराम के सी, बलबहादुर शाही, हरिप्रसाद उपाध्याय,महाबु गापा भूगोल महिला तर्फ दुर्गाकुमारी सिंह,भुवनसरा बडूवाल, डुङ्गेस्वर गापा भूगोल पुरुष तर्फ सुन्दर कुमार के सी, राजु के सी,नगेन्द्रबहादुर बुढा डुङ्गेस्वर गापा महिला पुरुष तर्फ पवित्रा न्यौपाने, विष्णु कुमारी न्यौपाने भगवतीमाइ गापा भूगोल पुरुष तर्फ .शान्तिप्रसाद शर्मा,खड्गबहादुर शाही,शैलेन्द्र थापा भगवतीमाइ गापा भूगोल महिला तर्फ खगिसरा बुढा,चन्द्रा रेग्मी निर्वाचित भएका छन ।
गत पुस २३ गते उद्दघाटन भएको अधिबेशनको २७ गते निर्वाचन भएको थियो । निर्वाचनमा ७२१ प्रतिनिधि भएकोमा ३१ मत बढि खसेपछि निर्वाचन सबै पक्रिया रद्ध गरी पुन निर्वाचन गरिएको थियो ।