Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

निर्वाचन अघि नै लिमीवासीले छाने जनप्रतिनिधि

हुम्ला  :  स्थानीय तहको निर्वाचनको मिति आउँन एक महिना २६ दिन बाँकी रहदै हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका –६ का बासिन्दाले जनप्रतिनिधि चयन गरिसकेका छन । निर्वाचन अगाडि नै उनीहरुले वडा अध्यक्षसहित तीन सदस्यको टुङ्गो लगाएका हुन्। अब गाउँले चयन गरेका जनप्रतिनिधिलाई वैशाख ३० गतेको निर्वाचनले औपचारिकता दिनेछ।

स्थानीयको बैठकले वर्तमान अध्यक्ष पाल्जोर तामाङलाई वडा अध्यक्षमा सर्वसम्मत गर्ने निर्णय गरेका हुन्। लिमीका स्थानीय कुन्जोक तामाङले नाम्खा गाउँपालिका–६ लिमीका मतदाताले वडाका जनप्रतिनिधि टुङ्गो लगाइसकेको बताए । हल्जी, जाङ, तिल गाउँका स्थानीयको बैठकले नयाँ जनप्रतिनिधि सर्वसम्मत छनोट गरेको हो तामाङले भने अब वैशाख ३० को निर्वाचनले वडाका जनप्रतिनिधिलाई औपचारिकता दिने काम गर्छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम ५ जेठ ०७९ मा स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुँदैछ । यी तीन गाउँमा राज्यको कानुनभन्दा स्थानीय नीति–नियम लागू हुँदै आएको उनको भनाइ छ।

वडा नम्बर ६ को सदस्यमा भने सबै नयाँ सदस्य चयन भएका छन्र । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन हुनुभएको छ। गाउँमा दलित नभएकाले उक्त पद रिक्त रहनेछ।

यसअघि वडाध्यक्षम तामाङ, महिला सदस्यमा याङ्की तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्ष तामाङको टिम यसरी नै सर्वसम्मत भएको थियो। गाउँले वडा अध्यक्ष र सदस्यको चयन सर्वसम्मत गरिसकेकाले वैशाख ३० गते गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मात्र मातदान हुनेछ।साभार नयाँपत्रिका