Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु

दैलेख  : दाउरा काट्न जंगल गएको बेला भीर बाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भगवतिमाई गाउँपालिका–६ का २९ वर्षिय गणेश केसीको मृत्यु भएको मृतकका भाई पदम केसीले जानकारी दिए ।
उनले बिहना छोरा,बुवा र आफु दाउरा काट्न घर नजिकैको जंगलमा गएको बेला माथी बाट खसेको ढुङ्गा बाट छोरालाई बचाउने क्रममा आफनो टाउँकोमा चोट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बिक्रमचौर भन्ने स्थानमा मृत्यु भएको जानकारी दिए । उनले मृतकको बिमा नभएका कारण प्रहरीलाई खवर नगरेरै घर लिएको बताए ।

भगवतिमाई गाउँपालिका–६ कट्टिको वडा कार्यालयमा कार्यरत गणेश केसीका दुई छोरा र श्रीमती छन । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले घटना बारे जानकारी पाए लगतै थप जानकारीका लागि इलाका प्रहरी चौकी बेस्तडा बाट प्रहरी टोली घटनास्थल तर्फ गएको जानकारी दिए ।