Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पर्यटकिय गन्तब्यको खोजी गर्दै युवा

दैलेख   : गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय गन्तब्य स्थलहरुको प्रचार प्रसार अभावले पछाडी परेको भन्दै गाउँपालिकामा रहेका युवाहरुले पर्यटकीय गन्तब्यको खोजी सुरु गरेका छन । पर्यटन प्रर्बद्धन तथा ऐतिहासिक,धार्मिक र पुरातात्विक सम्पदाको संरक्षणका लागि हामी र हाम्रो अभियान भन्ने मुल नाराका साथ अभियान सुरु गरेको युवाहरुले जानकारी दिएका छन ।

पर्यटकीय गन्तब्यको खोजी र त्यसको प्रर्बद्धन अभियानकी अभियानता इन्द्रासिह रेजिनाले गाउँपालिका सातै वडामा रहेका धार्मिक,ऐतिहासिक,र पुरातात्विक सम्पदाहरुको खोजी गरिरहेको बताइन । उनले भन्नि हाम्रो गाउँपालिकामा थुप्रै ऐतिहासिक,पुरातात्विक र धार्मिक गन्तब्य रहेको भए पनि समन्धित निकाय चासो नदिदा ओझेलमा परेका सम्पदाहरुको खोजी गरी प्रचार प्रसार गर्न आफुहरुले अभियान संचालन गर्नु परेको छ ।

भगवतिमाई गाउँपालिका ७ मा रहेका विभिन्न मन्दिर, ,शिखर द्धारी,चमेरागुफा, ताउले दह,नागन झरना,ढुला ढुगा,गाउँपालिका चारमा रहेको पाँच धुरे घर, गाउँपालिकामा खेलीने भगवतिमाई गाउँपालिका–३ को गर्रा नाँच, भगवतिमाई गाउँपालिका–१,२ मा खेलिने पैचेरी नाँचको अवलोकन गर्ने कार्य भएको अभियान्ता इन्द्रासिह जानकारी दिइन ।

 

अभियानता जनक अधिकारीले दैलेखको भगवतिमाई गाउँपालिकामा रहेको पर्यटकीय गन्तब्यको खोजी गर्ने र त्यसको प्रचार प्रसारका लागि विभिन्न सामाजिक संजालमा राख्ने र पर्यटकलाई गन्तब्य सम्म पु¥याउने उद्देश्यका साथ अभियान संचालन गरेको बताए । उनले जिल्लामा आउँने पर्यटकलाई गन्तब्यमा पु¥याउन सकेमात्र गाउँपालिकाको आर्थिक बिकास र पर्यटन प्रर्बद्धन हुने भएकोले त्यसको पहल आफुहरुले गरिरहेको बताए ।

भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकामा रहेका सम्पदाहरुको संरक्षणमा गाउँपालिकाले लगानी गरेको बताए । उनले संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारको सह लगानीमा पर्यटन क्षेत्रको पहिचान गरी त्यसको पुर्ननिर्माण समेत गाउँपालिकाले गरिरहेको जानकारी दिए । उनले भने गाउँपालिकामा रहेको भगवतिमाई मन्दिर,शिवमन्दिर,मालिका मन्दिरको पुर्ननिर्माण गरिएको छ ।
अभियान टोलीमा अर्घाखाँची मिडिया हावस प्रा.लीका पत्रकार डिल्लीराज घिमिरे,फैन्स क्लव नेपालका इन्जिनियर संकल्प काफ्ले र अभियानताहरु रहेका छन ।