सबै वडामा जोडियो राष्ट्रिय प्रसारण लाइन
दैलेख : जिल्लाको भगवतिमाइ गाउँपालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । दुई वर्ष अघि गाउँपालिकाको केन्द्रमा पु¥याइएको राष्ट्रिय प्रसारण लाइन गाउँपालिकाका छ वटै वडामा जडान गरिसकेपछि त्यसको परीक्षण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले दैलेख सदरमुकाम देखि हुलाक टाकुरा सम्म नेपाल विद्युत् प्राधिकरण बिद्युत वितरण केन्द्रले ठेक्का मार्फत गाउँपालिकाको –१ हुलाक टाकुरा सम्म राष्ट्रिय प्रसारण बिस्तार गरेको र हुलाक टाकुरा बाट गाउँपालिकाको केन्द्र बेस्तडा बजारसम्म गाउँपालिकाको लगानीमा विद्युत् पोल बिस्तार गरेपछि दुई वर्ष अघि गाउँपालिका र अहिले प्रत्येक वडामा बत्ती बाल्न सफल भएको जानकारी दिए ।
उनले गाउँपालिकामा रहेका ७ वडा मध्ये छ वटामा राष्ट्रिय प्रसारण लाइन जोडिएको र एक वडामा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र दैलेख मार्फत ठेक्का भएर काम भइरहेको बताए । हामीले सामुदायिक बिद्युतिकरण र गाउँपालिकाको सह लगानीमा छ वडा र नेपाल विद्युत प्राधिकरणको सहयोगमा राष्ट्रिय प्रसारण लाइन जडान गरेका हौँ थापाले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले गाउँपालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन पुगेको र अव प्रत्येक घरधुरीमा बिद्युत बाल्ने तयारी समेत गरेको बताए । उनले बिद्युत बिस्तारको काम सकिए सँगै उपभोक्ताको माग अनुसार ट्रान्स मिटर थप्ने र मिटर जडान गर्ने बताए । उनले भने तत्कालका लागि दुई हजार पाँच सय मिटर ठेकेदारलाई बुझाउन तोक ता गरेको र आउन बित्तिकै वितरण गर्ने गर्छौ । भगवतिमाई गाउँपालिकामा निर्माण भएका साना जलविद्युत आयोजना निर्माण भई बन्द अवस्थामा हुँदा त्यस क्षेत्रका बासिन्दा अध्यारोमुनी बस्न बाध्य भएका थिए
। गाउँपालिकामा सबै वडामा बिद्युत बिस्तार भए सँगै स्थानीय नागरिक समेत उत्साही भएका छन् । राष्ट्रिय प्रसारण लाइन जोडिएपछि सबै नागरिकहरूले बिद्युतको सुविधा उपभोग गर्न पाउने छन् ।