Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

दुई विद्यालयलाई तीन तारा नमुना सुनिश्चिता घोषणा

दैलेख  :  दुई विद्यालयलाई तीन तारा नमुना विद्यालय सुनिश्चिता घोषणा गरिएको छ । जिल्लाको नौमुले गाउँपालिका –८ चौराठाका नेपाल राष्ट्रिय आधारभुत विद्यालय ठानडाँडा र जगनाथ प्राथामिक विद्यालय बाउँदेलाई तीन तारा नमुना विद्यालय सुनिश्चिता घोषणा गरिएको छ ।
नौमुले गाउँपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका दश वटा सूचकहरु पूरा गेरर विद्यालयलाई तीन तारा नमुना विद्यालय सुनिश्चिता घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक टोपेन्द्र बहादुर चन्दले स्वच्छ पिउने पानी सहित पर्याप्त पानीको व्यवस्था, विद्यार्थी सङख्या अनुसार सफा सुरक्षित स्थानमा बालबालिका, लैंगिक अपाङगमैत्री शौचालय, वातावरणीय सरसफाइ हरियाली वातावरण र स्वच्छता सुविधा, फूलबारी,महिनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थ सहितको भान्छा घर , विपद् जोखिम व्यवस्थापन, प्रर्वधन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायत कार्य भएपछि तीन तारा नमुना सुनिश्चिता विद्यालय घोषणा गरिएको बताए । उनले विद्यालय तीन तारा नमुना विद्यालय सुनिश्चिता घोषणा गरिएको भएपनि पुर्बधारको अभाव अझै रहेको बताए ।

नौमुले गाउँपालिकाका अध्यक्ष भदेबुढा मगरले विद्यालयमा गाउँपालिकामा रहेका सबै विद्यालयमा भौतिक पुर्बधार,खानेपानी,शौचालय निर्माणका लागि गाउँपालिका लागि परेको बताउँदै सबै विद्यालयलाई तीन तारा नमुना विद्यालय सुनिश्चिता घोषणा गर्ने गरी कामहरु भइरहेको बताए । उनले प्रत्येक विद्यालयमा अध्यापन गर्ने शिक्षक इमान्दार भएर आफ्नो कर्तब्य निर्वाह गरेको खण्डमा शिक्षाको गुणस्तर सुधार हुने बताए ।