निस्वार्थ जनताको सेवा गर्न कानुन मन्त्रीको आग्रह
दैलेख : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले राष्ट्रसेवक कर्मचारीलाई निस्वार्थ जनताको सेवामा खट्नु पर्ने बताएका छन । बिहीबार जिल्लामा रहेका सरकारी कार्यालय,स्थानीय तहका कर्मचारी सँग अन्तरक्रिया गर्दै उहाँले जनताका सेवकका रूपमा रहेका कर्मचारीले बिना पुर्बग्राह र निस्वार्थ सेवा गर्नु पर्ने बताए ।
सिहदरवारको अधिकार घरआगनमै पुगे पनि हाम्रो काम गराइएको तरिकाले जनताले अधिकार आएको अनुभूति गर्न पाउने गरी स्थानीय सरकारका जनप्रतिनिधि लाग्नु पर्ने बताए । उनले कर्मचारीहरूलाई काम गर्ने क्रममा केही समस्या भएमा आफूले तत्काल समस्याको समाधान गर्न आफू तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले काम गर्ने क्रममा चुनौती आउने बताउँदै त्यस्ता चुनौतीलाई सामना गरेर अगाडी बढ्नु पर्ने बताए । उनले भने नियम विपरीत हुने काम नगर्नुहोस्, नियम र कानुन बमोजिम काम गर्दा तपाईँलाई समस्या भयो भने तत्काल खबर गर्नुहोस ।