राष्ट्रपति शैक्षिक सुधारमा दैलेखका ६५ विद्यालय छनोट

दैलेख : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा दैलेखका ६५ विद्यालय छनोट भएका छन् । जिल्लाभर रहेका विद्यालय मध्ये दुई ७८ विद्यालय सिफारिस गरिएको भए पनि ६५ विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दैलेखले जानकारी दिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ दैलेखले प्रमुख तेज बहादुर थापाले ११ स्थानीय तहका ६५ विद्यालय छनोट भएको बताए । उनले नारायण नगरपालिका ६,दुल्लु नगरपालिका ८,चामुण्डाबिन्द्रासैनी नगरपालिका ९,आठबिस नगरपालिकामा ६,महावु गाउँपालिकाका ५,ठाटिकाँध गाउँपालिका ५,गुराँस गाउँपालिका ५,भैरवी गाउँपालिकामा ४,डुगेश्वर गाउँपालिकामा ६, नौमुले गाउँपालिका ५ र भगवतिमाई गाउँपालिकाका ६ वटा गरी ६५ विद्यालय छनोट भएको जानकारी दिए ।
उनले चारकोठेभवन निर्माण गर्न ३६ लाख,दुई कोठे भवनका लागि १८ लाख रुपियाँ विनियोजन भएको र आइसिटी ल्याव जडानका लागि ६ लाख रुपियाँ आएको जानकारी दिए ।
कार्यक्रम लागू भएका विद्यालयका लागि सम्बन्धित विद्यालयको स्थानीय तहमा वित्तीय हस्तान्तरणसमेत भइसकेको छ । कामको गुणस्तर र कार्यविधिअनुसार काम भए नभएको अनुगमन निरीक्षण पश्चातमात्रै स्थानीय तहले रकम भुक्तानी गर्नेछ