Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

आइतबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ  :  प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । शुक्रवार एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले बताए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए । उक्त भेटको सुरुमा नै मन्त्री बडूले बैठक आइतबार १ गतेसम्मका लागि सार्न आग्रह गरेका थिए । सोही आग्रहअनुसार सभामुखले बैठक सारेका थिए ।

शुक्रबारको बैठकमा एमसीसीमाथि सामान्य छलफल गर्ने कार्यसूची तय थियो । छलफलमा एमसीसीको सैद्धान्तिक पक्षबारे सांसदहरूले धारणा तय थियो । सामान्य छलफलमा भाग लिने सांसद्लाई पाँच मिनेटको समय दिइने कार्यव्यवस्था समितिको बिहीबारको बैठकले नै तय गरिसकेको थियो ।

कार्यव्यवस्था समितिले बिहीबार बैठकको कार्यसूचीलाई अन्तिम रूप दिएपछि प्रधानमन्त्री देउवाले स्थगित गर्न संसद् बैठक आग्रह गरेका थिए