Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

९२ सिचाई आयोजना बन्दै

दैलेख  :  सिचाईको अभावमा दैलेखमा अधिकाँस खेतीयोग्ग जमिन बाझै छ । आकाशे पानीको भरमा खेती गर्दा उत्पादन कम हुने र जसका कारण खाद्यान्न अपुग हुने गरेको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानरुका लागि कृषि बिकास कार्यालय दैलेख मार्फत जिल्लाका ११ स्थानीय तहमा ९२ वटा सिचाई आयोजना तथा सिचाई पोखरी निर्माणको चरणमा रहेको जनाएको छ ।

कृषि बिकास कार्यालयका अर्थबिज्ञ झलक भण्डारीले दैलेखमा हाल सम्म ४३ हजार १२१ हेक्टर जमिन कृषि योग्य भएको जानकारी दिए । उनले ३४ हजार ४९७ हेक्टर जमिनमा खेती गर्ने गरेको आठ हजार हेक्टर जमिन ६३४ हेक्टर जमिन सिचाई अभावकै कारण बाझो रहेको बताए । उनका अनुसार कुल सिचाई हुने हेक्टर नौ हजार ५४८ हेक्टर मध्ये वर्ष भरी सिचाई हुने दुई हजार ५११ हेक्टर र मौसमी सिचाई हुने सात हजार ३७ हेक्टर रहेको छ ।

२४ हजार ९४९ हेक्टर जमिन सिचाई सुबिधा छैन । यही समस्यालाई मध्यनजर गर्दै कृषि बिकास कार्यालयले खेतियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याएर उत्पादन वृद्धि गर्ने रणनीति अनुसार सिचाई आयोजना निर्माण गर्न लागेको जनाएको छ ।

कृषि बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र थापाले ९२ वटा सिचाई आयोजनाको सम्झौता गरी कामहरु ध्माधम भइरहेको बताए । उनले धेरै सिचाई आयोजना निर्माण सम्पन्न भएको र केही अन्तिम चरणमा रहेको बताए । उनले भने सिचाई आयोजनाको गुणस्तर बनाउँन प्रत्येक सिचाई आयोजनाको नियमित अनुगमन गरिएको र काम गुणस्तर नपाइएको खण्डमा तत्काल त्यसको मर्मत गर्न लगाइएको छ ।

उनले जिल्लामा लिफ्ट सिचाई आयोजना अन्र्तगत कर्णाली नदि बाट आठबिस नगरपालिका,छामघाट खोला नदि बाट भैरवी गाउँपालिका र महावु गाउँपालिका,लाहोरे खोला बाट नौमुले गाउँपालिका ,डुगेश्वर गाउँपालिका र नारायण नगरपालिकामा सिचाई आयोजना निर्माण गर्न लागिएको कार्यालयले जानकारी दिए ।

उनले भने सिचाई प्रणालीको निर्माणका लागि प्रदेश सरकार मार्फत ८० लाख रकम बिनियोजना भएको र स्थानीय सरकारको साझेदारीमा लिफ्ट सिचाई आयोजना निर्माण हुने छन । त्यस्तै सिचाई सुबिधाका लागि ५० वटा भन्दा बढि पोखरी निर्माण समेत गरेको जानकारी दिएको छ । खेतियोग्य जमिन बाँझै हुनु र खेति गरिएको जमिनमा पनि न्यून उत्पादन हुँदा दैलेखमा आठ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ ।