Loading... आजः शनिबार, जेष्ठ १२, २०८१
Trending

विपन्न परिवारका एक सय बढी घर बनाउँन पाँच करोड बिनियोजन

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले कर्णालीमा आफैले घर बनाउन नसक्ने विपन्न नागरिकका घर बनाउन आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बसेको मन्त्री परिषदको वैठकका निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवम प्रवक्ता विन्दमान विष्टले उक्त कार्यक्रमका लागि सरकारसँग पाँच करोड बजेट रहेको बताए ।

‘घरै बनाउन नसक्ने हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखका दरमा घर बनाइने छ ।’ उनले भने, ‘त्यसका लागि जनता आवास कार्यक्रममा दलित समूदायलाई प्राथमिकता दिइएको छ भने विपन्न आवास कार्यक्रममा जुनसुकै नागरिक पनि पर्ने गरि कार्यविधी तयार गरेका छौं ।’ पाँच करोड बजेटमा कम्तिमा पनि एक सय घर बन्न सक्ने देखिएको छ ।