Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

घरेलु मदिरा नष्ट गर्दै प्रहरी

दैलेख  : निर्वाचन लक्षित सुरक्षा योजना बनाइरहेको जिल्ला प्रहरीले स्थानीय स्तरमा उत्पादन हुने घरेलु मदिरा नष्ट गर्ने अभियान संचालन गरेको छ । जिल्लाका ११ स्थानीय तहमा मदिरा नियन्त्रण तथा नष्ट गर्ने अभियान अनुसार मगलबार बाट उक्त अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षक राजेश कुमार तेलीले नगरपालिकाका कुइकाना,शिरिस्थान,नयाँ बजार,काडाचौर लगायतका विभिन्न स्थानबाट अबैध घरेलु मदिरा नियन्त्रण लिएर नष्ट गरिएको बताए । उनले अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने होटल तथा अन्य नागरिकलाई समेत सचेत गराइएको बताउँदै पुन अनुगमनका क्रममा पाइएको खण्डमा उत्पादन गर्ने भाडा समेत नियन्त्रणमा लिने चेतावनी दिएको बताए । उनले भने लुकिछिपाई राखेको दुई सय लिटर मदिरा नियन्त्रणमा लिएर जनप्रतिनिधिको रोहवरमा नष्ट गरेका छौ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद शाहले प्रहरी विभिन्न समुदायमा पुगेर महिला हिंसा,बालबिवाह,बहुबिवाह न्युनीकरण र कानुनी ब्यबस्थाका बारेमा नागकिरलाई जानकारी गराउँने अभियान निरन्तर भइरहेको बताए । प्रहरीले घरेलु मदिरा नियन्त्रण लिने गरेपनि साना होटल ब्यबसायी गरिरहेको नागरिकले भने त्यसको बिरोध गर्ने गरेका छन ।