Loading... आजः आइतवार, कार्तिक १०, २०८२
Trending

बुधबार ३०७५ कोभिड संक्रमित थपिए

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ नमुना परीक्षण ९९०५१ पीसीआर० र ३९८५ एन्टीजेन० परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज १५३८ जना संक्रमित थपिएका छन् । देशभरको संक्रमण दर २७ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७८ जना निको भएका छन् भने दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या ११ हजार ६९० पुगेको छ ।साभार नेपालप्रेस