युवाको काँधमा राजनीतिक जिम्मेवारी
दैलेख : राजनीतिमा युवाको उपस्थितिका विषयमा नेपालका राजनैतिक दलमा बहषकै विषय हो । राजनीतिमा युवाको उलेख्य देखिने गरे पनि नेतृत्व तहमा केही सीमित उपस्थिति छ । जिल्लाका पुराना नेतालाई काँध हाल्ने र समूह निर्माण गर्दा देखिने युवाहरू भने पछिल्लो समय राजनैतिक नेतृत्वमा पुग्ने गरेका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशनमा पनि नयाँ पुस्ताको आकर्षण उत्साहजनक रूपमा देखिएको छ । नेपाली काँग्रेस दैलेखको भर्खर सम्पन्न पालिका,क्षेत्रीय,जिल्ला र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत युवाहरूले निर्वाचनमा जित हासिल गरेका छन् । जिल्लाका ११ स्थानीय तह ,चार प्रदेश सभा निर्वाचन क्षेत्र, दुई निर्वाचन क्षेत्रको अधिवेशनमा अधिकांश पदमा युवा उम्मेदवार विजयी भएका छन ।
नारायण नगरपालिकाको नगर सभापति पदमा भर्खरका युवा नेता मनोज थापा विजयी भएका छन । त्यस्तै भगवतिमाई गाउँपालिकामा खगेन्द्र बहादुर शाही सर्ब सम्मत चयन भएका छन । नौमुले गाउँपालिकामा गगन बहादुर शाही निर्वाचित भएका छन ।
त्यस्तै चार प्रदेश सभा मध्ये निर्वाचन क्षेत्र १ (क)मा रमेश सापकोटा, (ख)मा भदे बुढा मगर, निर्वाचन क्षेत्र नः २ (क)टंंक रिमाल (ख)मा खगेन्द्र बहादुर शाही निर्वाचित भएका छन । । उनीहरु सबै युवा हुन । त्यस्तै दुई निर्वाचन क्षेत्रमा समेत युवा उम्मेदवार विजयी भएका छन । निर्वाचन क्षेत्र नः १को क्षेत्रीय सभापतिमा दशरथ खड्का र निर्वाचन क्षेत्र नः २ मा भरत रिजाल निर्वाचित भएका छन ।
त्यस्तै नेपाली काँग्रेसको जिल्ला कार्य समितिमा समेत युवाहरूको वर्चस्व रहेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिको सचिवमा गुराँस गाउँपालिका अध्यक्ष खेमराज वली, नारायण रेग्मी निर्वाचित भएका छन । त्यस्तै सह सचिवमा महेन्द्र बहादुर शाही चटान र कनक बहादुर सेन निर्वाचित भएका छन । सदस्यहरूमा याम बहादुर मल्ल,लक्ष्मी भट्टराई,डिल्ली खनाल, विनोद श्रेष्ठ, शैलेस श्रेष्ठ,गगन रोका मगर लगायत युवा नेता तथा नेत्रीहरू निर्वाचित भएका छन ।
दैलेख निर्वाचन क्षेत्र नः १ बाट खुल्ला,महिला,खस आर्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत युवाहरू निर्वाचित भएका छन् । महाधिवेशनमा प्रतिनिधिमा भूपेन्द्र बहादुर शाही,बखत भण्डारी, पदम बहादुर मल्ल,कमला चन्द,बसना थापा,निर्मला खड्का,मिना खड्का,गणेश उपाध्याय,टेक बहादुर कटुवाल,खगेन्द्र सुनार,कृष्ण चन्द,मञ्जु पाण्डे,मिना कुमारी थापा निर्वाचित भएका छन ।
निर्वाचन क्षेत्र न : २ बाट केन्द्रीय महाधिवेशनमा खुल्ला तर्फ घनश्याम भण्डारी,ईश्वर कुमार विष्ट,एकेन्द्र पन्त,किरण कुमार भण्डारी,मधुविक्रम खनाल,नरेन्द्र सापकोटा, प्रेम प्रकाश शाही,दिनेश कुमार हमाल र राजेश हमाल, सूर्य बिक मन कुमारी शर्मा,दिपा बोहरा निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसका पार्टी सभापति मणिराम रेग्मीले नेपाली काँगेसको विभिन्न क्षेत्र,पालिका,जिल्ला, नगर तथा गाउँपालिका अधिवेशनमा युवाहरू निर्वाचित भएको भन्दै अव युवाहरूको काँधमा राजनैतिक जिम्मेवारी आएको बताउनुभयो । उहाँले भन्नुभयो युवाहरू निर्वाचित हुनुभएको छ उहाँहरूको जोस र जागरलाई पार्टिले परिचालन गरी आगामी निर्वाचनमा दैलेखका चार प्रदेश निर्वाचन क्षेत्र र दुई प्रतिनिधि सभामा नेपाली काँग्रेसले जित्ने गरी काम गर्छौ ।