Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

प्रदेश लोकसेवा आयोगमा पैतालिस कर्मचारीको दरबन्दी स्वीकृत

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले थप दरबन्दी स्वीकृत गरेको हो ।

प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरबन्दी हेरफेर गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । आयोगको तीन महाशाखा र दश शाखा सहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको मन्त्री विष्टले बताए ।