Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

महाधिवेशन प्रतिनिधिमा पार्टी सभापति रेग्मी र पूर्व मन्त्री जोशी पराजित

सुर्खेत  :  नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुइको अधिवेशनमा सुर्खेतका पार्टी सभापति र पूर्व मन्त्री पराजित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार सभापति कमलराज रेग्मी र पूर्व मन्त्री समेत रहेका शिवराज जोशी पराजित भएका हुन् । ३२० रेग्मीले र जोशीले ३१० मत प्राप्त गरेका छन् ।

यता पूर्व राज्यमन्त्री समेत रहेका खड्कबहादुर बस्याल पनि पराजित भएका छन् । केन्द्रिय महाधिवेशन प्रतिनिधिको दलिततर्फको निर्वाचनमा बस्याललाइ संस्थापन पक्षका लोकबहादुर विश्वकर्माले हराएका हुन् । विश्वकर्माले ४७३ मत ल्याएर विजयीहुँदा बस्यालले ३०२ मत मात्रै पाएका छन् ।

error: Content is protected !!