Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

बालिका फकाएर बिवाह गर्ने पक्राउ

दैलेख :  दैलेखमा बालिका फकाएर बाल बिवाह गर्ने युवाको जोडिलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का भक्तिराम कडेलले र १५ बर्षीया बालिका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भवनेश्वर प्रसाद शाहले बालिकालाई मंसिर ३ गते ललाई फकाई प्रलोभनमा पारी बाल विवाह गरी घरमा ल्याई राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । उनले गोप्य सुचनाका आधारमा बाल विवाह सम्बन्धी कसुरमा २ जनालाई पक्राउ गरिएको बताए ।

डीएसपी शाहका अनुसार पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती गरी थप अनुसन्धान थालिएको छ ।