निर्वाचनमा होमियो दैलेख काँग्रेस
दैलेख : नेपाली काँग्रेसका १४ औँ महाधिबेशन अन्र्तगत प्रदेश सभा अधिबेशनको निर्वाचनमा दैलेख काँग्रेस होमिएको छ । प्रदेश सभा अधिशेनका लागि विभिन्न पदहरुमा उम्मेद्धवारी घोषणा धमाधम भइरहेको छ । दैलेखमा रहेका चार वटा प्रदेश सभा अधिबेशन र प्रदेश सभा महाधिबशेन प्रतिनिधि चयन गर्न नेपाली काँग्रेसका दुबै समुह तिब्र दौडधुपमा लागेका छन । आफ्नो पक्षमा जित सुनिश्चित गर्न दुबै समुहका नेता तथा कार्यकर्ताहरु अहिले प्रत्येक वडामा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै हिडेका छन ।
निर्वाचन क्षेत्र नः १ को(क) बाट सभापतिमा पौड्ेल पक्षबाट बखत सापकोटा र देउवा पक्ष बाट निराञ्जन खत्रीको नाम चर्चामा रहेको छ । दुई वटै समुहले बखत सापकोटा र निरञ्जन खत्रीको प्यानल बाट भन्दै उम्मेदवारी घोषणा गरिरहेको छन । त्यस्तै निर्वाचन क्षेत्र न ः १ को (ख) बाट नौमले गाउँपालिकाका अध्यक्ष समेत रहेका भदेबुढा मगर पौडेल पक्ष बाट प्रदेश सभा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन । देउवा पक्ष बाट प्रदेश सभा सभापतिमा रामकृष्ण गुरुङ,झलक भण्डारी, मध्येको नाम चर्चामा रहेको छ ।
निर्वाचन क्षेत्र न ः २ को (क)बाट प्रदेश सभा सभापतिमा पौडेल पक्ष बाट टंक रिमाल र देउवा पक्ष बाट लिलाराम लम्सालको नाम चर्चामा रहेको छ । निर्वाचन क्षेन नः २ को (ख) बाट प्रदेश सभापतिमा पौड्ल पक्षका लव बहादुर शाहीको नाम चर्चामा रहेको छ भने देवा पक्ष बाट खग्रेन्द्र बहादुर शाहीको नाम चर्चामा रहेको छ ।
देवा र पौडेल पक्ष बाट महाधिबेशन प्रतिनिधि लागि समेत कसलाई उम्मेदवारी बनाउने भन्ने विषयमा दुबै समुह आन्तरिक छलफलमा समेत जुटेका छन । महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएपछि मात्र पार्टी सभापतिमा उम्मेदवारी दिन पाउने ब्यबस्था भएका कारण पनि पार्टि सभापति भन्दा पनि पहिले महाधिबेशन प्रतिनिधिमा जित्न नेताहरु अहिले गाउँ अभियानमा जाने गरेका छन । नेपाली काँग्रेसको पार्टी सभापतिका लागि पौडेल समुह बाट मणिराम रेग्मी,भुपेन्द्र शाही,गणेश उपाध्याय र देउवा पक्ष बाट पुर्ण बहादुर चालिसे,घनश्याम भण्डारी,प्रदेश सभा सदस्य हिम बहादुर शाही,खेमराज केसीको नाम चर्चामा रहेको छ ।
नेपाली काँग्रेस दैलेखका जिल्ला सभापति कृष्ण कुमार बिसले मंसिर ३ गते हुने निर्वाचनमा चार प्रदेश सभापति सहित ६८ जना विभिन्न पदमा निर्वाचत हुने बताए । उनले त्यसको नतिजा संग महाधिबेशनमा कुन पक्ष बलियो भन्ने प्रष्ट हुने बताए ।