Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

खोर निर्माण गर्न किसानलाई सामाग्री

दैलेख  :  पशुपालन गरिरहेका किसानलाई थप हौसला प्रदान गरी व्यवसायिक रुपमा पशु ब्यबसाय गर्नका अनुदानमा खोर निर्माण सामाग्री सहयोग गरिएको छ । गुराँस गाउँपालिका–एक,तीन,छ,आठ र दश वडाका ९० घरका किसानलाई सामाग्री दिइएको हो । गुराँस गाउँपालिका र यु.एन.डिपिको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको साझेदारीतामा संचालित कोभिट १९ रेस्पोन्स एण्ड सोसियो ईकोनोमीक रिकभरी परियोजना २ अन्र्तगत ९० घरका किसानलाई खोर निर्माणका लागि सामाग्री वितरण गरिएको हो ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले पुशपालन गरिरहेका र आर्थिक अवस्था कमजोर भएर खोर निर्माण गर्न नसकेका किसानलाई सामाग्री वितरण गरेको जानकारी दिए । उनले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा किसान, एकल महिला र घरेलु हिंसामा परेका लाई प्रथामिता दिएर बितरण गरेको बताए ।

महिला शसत्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दले प्रत्येक घर परिवारलाई खोर निर्माण गर्न २७ हजार भन्दा बढिको सामाग्री दिएको बताइन । उनले खोर निर्माण भए संगै उनीहरुलाई बाख्रा,कखुरा समेत वितरण गर्ने जानकारी दिइन ।