Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

कर्णाली प्रदेशका मुख्यमन्त्री दिए राजिनामा


सुर्खेत :  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिएका छन । नेपाली काँग्रेससँगको सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजिनामा दिएका हुन । मुख्यमन्त्रीले कर्णालीबासीको नाममा विशेष सम्बोधन गर्दै राष्ट्रिय गठबन्धनलाइ मजवुत बनाउन राजिनामा दिएको बताएका छन् ।

संघीयता कार्यान्वयनमा थुप्रै चुनौतीका विच आफ्नो कार्यकालमा उल्लेखिय काम गरेको मुख्यमन्त्रीले बताए । गत बैशाख २ गते मुख्यमन्त्री शाही अल्पमतहुँदा नेपाली काँग्रेसले सत्ता जोगाएको थियो । नेपाली काँग्रेसले ६ महिनामा कर्णालीको नेतृत्व लिनेगरी ११ बुदे सहमतिमा उल्लेख छ । उक्त सहमतिको इमन्दारिताका साथ कार्यान्वयन गर्न र सहमति आज कार्यान्वयन नभए समर्थन फिर्ता लिने काँग्रेसले अल्टिमेटम दिएको थियो । सोही सहमतिलाइ कार्यान्वयनका लागि राजिनामा दिएको मुख्यमन्त्रीले बताए । सम्बोधन अघि मुख्यमन्त्रीसहित मन्त्रीपरिषद् बैठक बसेको थियो ।

error: Content is protected !!