Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

सोमबार ५३३ कोभिड संक्रमित थपिए, थप ९ जनाको मृत्यु


काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा ५३३ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६६४ नमुना ७४६८ पीसीआर र ४१९६ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ९ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । ४९० जना निको भएका छन् । मुलुकको कूल संक्रमित संख्या ९३१८ छ ।
मोरङ, सुनसरी, झापा, नुवाकोट, मकवानपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा सक्रिय संक्रमित २०० भन्दा माथि छ ।
कूल संक्रमित संख्या पीसीआर ८ लाख १३ हजार ११ र एन्टीजेन ९४ हजार ६२७ छ । निको हुने संख्या ७ लाख ९२ हजार २७७ तथा मृत्यु हुने संख्या ११ हजार ४१६ छ ।

 

error: Content is protected !!