Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावितलाई राहत बाँड्ने

धनगढी  :  सुदूरपश्चिम सरकारले भोलि ९शनिबार० देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। हेलिकोप्टरले शनिबार प्रदेशका ७ जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेकी छन्।

‘अब सरकारसँग सहकार्य गरेर मात्र राहत उपलब्ध गराउनुपर्छ। जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रष्ट जनतालाई भनिदिन्छौँ,’ उनले भनिन्। गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते र २२ जना बेपत्ता छन्।