Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

कोरोना प्रभावित युवालाई रोजगारीमा जोडिदै

कमल शर्मा
दैलेख :  कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवाहरुलाई रोजगारीमा जोडिने भएको छ । रोजगारी गुमाएर गाउँमा खाली बसेका युवा एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई पशुपालन तथा कृषिमा अनुदान दिएर रोजगारीमा जोड्न लागिएको हो ।

गुरासँ गाउँपालिका,सयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आर्थिक सहयोगमा महिला शसक्तिकरण मञ्च नेपालको सहजीकरणमा संचालन भएको को कोभिड १९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि रिकभरी परियोजना दोस्रो चरण अन्र्तगत गुराँस गाउँपालिका –१,३,६,८का तीन सय १० जना रोजगारीमा लागिएको बताइएको छ ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँमा फर्केका सबै युवाहरुलाई रोजगारीमा जोडने अभियान अन्र्तगत गाउँपालिकाले साझेदारीमा उक्त कार्यक्रम संचालन गरेको बताए । उनले पहिलो चरणमा गाउँपालिकाको २,४,५ र ७ नम्वर वडाका ८१० जना युवाहरुलाई रोजगमारीमा जोड्नका लागि सहयोग गरिएको बताए ।उनले भने दोस्रो चरणमा १,३,६,८ का तीन सय युवालाई कार्यक्रममा जोड्दै छौ ।

महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कार्यक्रममा समेटिएका तीन सय १० जना युवाहरु विभिन्न कृष तथा पशुपालन समुहमा आवद्ध गराएर सहायेग गरिने बताइन । उनले कृषी समुहमा आवद्ध भएकाहरुका लागि ५० केजी आलुको बिऊ,बन्दा,काउँली,रायो लगायतको बिऊ र पशु समुहमा आवद्ध भएकाहरुका लागि कुखुरा, बाख्रा,बाख्रो तथा कुखुराका खोर निर्माण गर्न सहयोग गर्ने बताइन ।