Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

७ सय कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १०६८८ वटा ९पीसीआर ९४६६ र एन्टिजेन १२२२० नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

 

सोही अवधिमा १०३३ जना कोरोनामुक्त भएका छन् भने २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ६१४ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ९९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ८३९ पुगेको छ ।

हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २१० पुगेको छ ।

error: Content is protected !!