दैलेखमा खुल्यो सुपथ मुल्यको पसल
दैलेख : सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेख सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले असोज १ देखि दसैंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
पसल कात्तिक २४ गतेसम्म सञ्चालनमा रहने खाद्यले जनाएको छ । सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री गरिने शाखा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रबिन्द्र कुमार रेग्मीले बताए ।
उनले बिजया दशमी तथा शुभदिपावलीमा सरकारले सुपथमुल्यको पसल संचालन गर्ने निर्देशन अनुसार उक्त पसल संचालन गरिएको बताए । उनले सुपथमुल्य पसलमा गुहँ,चामल,सिमि,भटमास राखी बिक्रि गरिएको बताए ।
असोज १ गते देखी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड दैलेख शाखाको गोदाम घर बाटै सुपथमुल्यको पसल संचालन गरिएको छ । निमित्त प्रमुख रबिन्द्र कुमार रेग्मीले अरुवा मोटो चामल प्रतिकेजी ४५ बाट पाँच रुपैया घटाएर प्रति केजी ४० ,मध्यमखालको चामल प्रतिबेजी ४९ बाट पाँच रुपैया घटाएर प्रतिकेजी ४४,अरुवा मकवानपुर चामल प्रतिकेजी ४७ बाट पाँच रुपैया घटाएर प्रतिकेजी ४२,जीरा मसिनो चामल प्रतिकेजी ६६ बाट पाँच रुपैया घटाएर प्रतिकेजी ६१ र जापानी चामल प्रतिकेजी ४८ बाट पाँच रुपैया घटाएर ४३ रुपैयामा बिक्रि गर्न लागिएको हो ।
गुहँको भने प्रतिकेजी ३७ रुपैयामा पाँच रुपैया घटाएर ३२ रुपैयामा बिक्रिबिरतण गरिएको छ । सुपथ मुल्यको पसल संचालन भएपछि नागरिकहरु सम्पर्क आएको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड जानकारी दिएको छ । कम्पनीले सुपथ मुल्यमा समान लिन आउँन अनिबार्य ल्याउने ब्यवस्था गरेको निमित्त प्रमुख रबिन्द्र कुमार रेग्मीले बताए ।