Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

कर्मचारी संगठनको केन्द्रीय सदस्यमा गोबिन्द अधिकारी मनोनित

दैलेख : निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा गोबिन्द अधिकारी मनोनित भएका छन । शनिबार काठमाडौंमा सम्पन्न भएको केन्द्रीय कमिटीको ८ओैं बैठक तथा राष्ट्रिय भेलाले केन्द्रिय सदस्यमा मनोनित गरेको हो । नारायण नगरपालिका प्रशासन शाखा प्रमुख समेत रहेका संगठनका जुझारु नेता अधिकारीलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको छ ।

केन्द्रिय सदस्यमा मनोनित भएपछि मेरो कर्णालीलाई प्रतिक्रिया दिदै उनले संगठलाई बलियो बनाएर लैजाने बताए । उनले भने संगठन भित्र देखिएका आन्तरिक समस्याहरुलाई समधान गर्ने र सिगो संगठन एक ढिक्का बनाएर लैजान आफ्नो प्रयास रहने बताए । त्यस्तै संगठनको केन्द्रिय सदस्यमा पुर्वाधार निर्देशनालयका लेखाअधिकृत सुरेन्द्रबहादुर शाही पनि केन्द्रिय सदस्यमा मनोनित भएका छन ।

error: Content is protected !!