Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

८९ वडामा सकियो काँग्रेसको वडा अधिबेशन

दैलेख :  दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडा मध्ये ८९ वडामा १४ औँ वडा महाधिबेशन सम्पन्न भएको छ । वडा अधिबेशन हुन बाँकी दुल्लु नगरपालिका १३ को वडा अधिबेशन शुक्रवार सम्पन्न हुन लागेको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ ।
नेपाली काँग्रेसका पार्टी सचिव भुपेन्द्र शाहीले ९० वडा मध्ये ८९ वडामा अधिबेशन सम्पन्न भएको एक वडामा शुक्रवार सम्म वडा अधिबेशन हुने जानकारी दिए । उनले ८९ वडाको वडा अधिबेशन सकिदा सम्म आठबिस नगरपालिकाको २ ,डुगेश्वर गाउँपालिका ६ र दुल्लु नगरपालिकाको ३ मा मात्र निर्वाचन भएको बताए । उनले निर्वाचन मार्फत आठबिस नगरपालिका २ को वडा सभापतिमा शिवराज खनाल, दुल्लु नगरपालिका ३ मा परशुराज बिकस र डुगेश्वर गाउँपालिका ६ मा नर बहादुर थापा मगर निर्वाजित भएका छन ।
दैलेखका ९० वडा मध्ये दुई वडामा मात्र महिला वडा सभापति भएको काँग्रेस दैलेखले जानकारी दिएको छ । महिला वडा सभापतिमा दुल्लु नगरपालिका ३ मा स्वस्तिका महत र नौमुले गाउँपालिका ८ चौराठामा मनसरा जैसी सभापतिमा निर्वाचित भएकी छिन ।
नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार बिसीले सबै वडामा निर्वाचन नगराएर सर्ब सम्मत नेतृत्व चयन गर्ने काँग्रेसका निति भएपनि तीन वडामा निर्वाचन भएको बताए । उनले भने हामीले दैलेख काँग्रेसका गुट उप गुट भन्दा पनि सबैको सहमतीमा सर्वसम्मत नेतृत्व चयन गरी एक ढिक्का बनाएर जाने गरी अगाडी बढको बताए । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा पराजय भएको काँग्रेसले आउँदो निर्वाचनमा सबै क्षेत्र जित्ने गरी अगाडी बढेको बताइएको छ ।

error: Content is protected !!