Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

आत्महत्या न्युनीकरण सम्बन्धी मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न


दैलेख  :  विश्व आत्महत्या रोकथाम दिवस कार्यमार्फत आशाको सिर्जना भन्ने मुलनाराका साथ दैलेखमा पनि मनाइएको छ । सि.बि.एम नेपालको आर्थिक सहयोग र नारायण नगरपालिका दैलेख, मानसिक स्वास्थ्य परामर्शकेन्द आयोजनामा रेडियो अन्तरसंवाद तथा आत्म हत्या न्युनीकरणमा युवाहरुको भुमिका माध्यामिक स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

बक्तृत्वकलामा बसन्त माद्यामिक विद्यालय किमुगाउँकी छात्रा निशा रावल प्रथम, रेडक्रस माध्यामिक विद्यालयकी छात्रा मनिसा न्यौपाने द्धितिय त्रिभुव नमुना उच्च माद्यायमिक विद्यालयकी छात्रा मधु थापा र कृति खनाल तृतिय भएकी छिन ।

नारायण नगरपालिका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खण्डकाले समुदाय स्तरमा सचेतना जगाउँन सहयोग पुग्ने उद्देश्यले माबि स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको बताए । उनले पछिल्लो समय दैलेखमा आत्महत्याका घटना बढ्दै गएपछि स्थानीयलाई सचेतीकरण गर्ने उद्देश्यले उक्र कार्यक्रम गरेको बताए ।

समाबेशी सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमकी मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता तथा मनोपरामर्शकर्ता सिता चौधरीले समुदाय स्तरमा आत्महत्या सम्बन्धी जानकारी दिन अन्तरसंबाद र माद्यामिक स्तरीय बक्तृत्वकला प्रतियोगिता राखिएको बताईन । उनले आत्महत्या सम्बन्धि समाजमा सकरात्मक सुचना प्रवाह गरी आत्महत्या न्युनीकरण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य भएको बताइन ।

मानसिक स्वास्थ्य परामर्शकेन्द नेपाल,लैङिगक हिंसा प्रतिकार्य कार्यक्रमकी मनोपरामर्शकर्ता अम्बिका पुलामीले समान्य पारिवारिक कलह,मानसिक हिंसा,दिर्घरोग,समाजिक बिभेद तथा लाल्छनाका कारण मानसिक स्वास्थ्य समस्या भएर आत्महत्या गर्ने गरेको बताईन । उनले मानसिक समस्या भएका ब्यक्तिलाई मनोसामाजिक परामर्शको माध्यम बाट सचेतीकरण गर्न परियोजनाले दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा काम गरेको बताईन ।