Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

एमाले अध्यक्ष ओलीद्वारा दायर रिटमाथि आज सुनुवाइ नहुने

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।

शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश खड्काको संयुक्त इजलास पनि रहेको हुँदा शुक्रबारको बेन्च बस्न नभ्याएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । बुधबार आफैँ उपस्थित भएर ओलीले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।