Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

समाजबादीमा लागेका नेता र जनप्रतिनिधिलाई लाई एमालेको पत्र

दैलेख  :  नेकपा एमाले दैलेखले समाजबादीमा लागेका पार्टीका नेता र जनप्रतिनिधीलाई पुरानै जिम्मेवारी सहितको पत्र पठाइएको छ । नेकपा एमाले जिल्ला कमिटि दैलेखको २८ औ जिल्ला सचिवालयको बैठकले समाजबादीमा लागेको पार्टीका नेता र जनप्रतिनिधीलाई पुरानै जिम्मेवारी सहितको पत्र पठाइएको हो ।

एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्मा द्धरा हस्ताक्षरित पत्रमा पुरानै जिम्मेवारीमा फर्कन र पार्टीमा फर्किएर आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ, ‘भदौ १० गतेको केन्द्रीय कमिटी बैठकले मातहतका सबै कमिटीहरु २०७५ जेठ २ गते पूर्व कायम गर्ने निर्णय भए बमोजिम हाम्रो पार्टीको मिति २०७८ साल भदौ १७ गतेको जिल्ला कमिटी सचिवालय बैठकले उक्त निर्णय लागू गर्ने र २०७५ साल जेठ २ गतेदेखि हालसम्मका नेकपाकालीन थप जिम्मेवारीलाई सम्बोधन गर्ने गरी अन्तरपार्टी निर्देशन अनुसार तपाईलाई विगतको जिम्मेवारी कायम गरिएको छ ।’

पत्रमा एमालेले यसअघि गरेको सम्पूर्ण कारबाही निष्कृय गरिएको समेत उल्लेख छ । समाजबादीमा लागेका नेता र जनप्रतिनिधीलाई भदौ २४ गतेभित्र कमिटीको बैठक गरी पार्टीको सदस्यता नवीकरण लगायतका कामहरु गरी जिल्ला कमिटीमा प्रतिवेदन पेस गर्नसमेत भनिएको छ ।

‘कमरेडले मिति २०७८ भदौ २४ गतेभित्र कमिटीको बैठक गरी पार्टीको सदस्यता नवीकरण लगायतका अन्य कामलाई सम्पादन गरी जिल्ला कमिटीमा प्रतिवेदन प्रस्तुत गर्नुहुने छ भन्ने विश्वासका साथ यो जिम्मेवारी पत्र पठाइएको छ,’ पत्रमा भनिएको छ । एमालेभित्रको विवाद उत्कर्षमा पुगेकै बेला वैशाख १३ गते उनको नेतृत्वमा एमालेले समानान्तर कमिटी गठन गरेको थियो । माधवकुमार नेपाल एमालेबाट छुट्टिएपछि समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा विलय भएको थियो ।
साथै बैठकले कोरोना संङक्रमणका कारण दिवगत भएका नेकपा एमाले लेखा आयोगका अध्इक्ष डुगेश्वर गाउँपालिका वडा नः १ का वडा सदस्य तेज बहादुर थापा नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता केशव बहादुर शाही, नेकपा एमाले दुल्लु नगर कमिटिका सदस्य डिल बहादुर खड्काको दुखद निधनमा गहिरो दुख ब्यक्त गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटि दैलेखका अध्यक्ष रबन्द्रिराज शर्माले एमालेलाई विभाजन गर्ने दुराशाय बाट आएको अध्यादेशले स्थानीय तहका जनप्रतिनिधीहरुले समेत दल रोज्न पाउने गरी आएको भन्दै त्यस प्रति नलागी पार्टीका पक्षमा ढृढतापुर्बक उभिन आग्रह समेत गरेका छन ।