Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

शुक्रबार १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा १७ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३३४ वटा नमूना (पीसीआर ९,७७३ र एन्टीजेन ४,५६१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २३ जनाको मृत्यु भएको छ भने २२ सय ७४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा १ लाख ६४ हजार ३०२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ८०९ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ५४० जना, भेन्टिलेटरमा १५६ जना, होम आइसोलेशनमा ३०,६६२ जना, संस्थागत आइसोलेशनमा २,३४४ र क्वारेन्टाइनमा २७४ जना रहेको तथ्यांकमा उल्लेख छ ।