Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेपाली काँग्रेसले तोक्यो ९० वडामा तोकिए निर्वाचन अधिकृत

दैलेख  : भदौ १८ गते देखी सुरु हुने नेपाली काग्रेसको वडा अधिबेशनका लागि जिल्लामा रहेका ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको छ । केन्द्रिय निर्वाचन समितिले जिल्लामा खटाईएका निर्वाचन अधिकृत बिबस बस्नेतको रोहवरमा ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ ।

नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार बिसीले बुधवार बसेको जिल्ला समितिको बैठक बाट केन्द्रिय निर्वाचन समितिले जिल्लामा खटाईएका निर्वाचन अधिकृत बिबस बस्नेतको रोहवरमा निर्वाचन अधिकृत नियुक्त गरेर पठाइएको बताए । उनले ११ पालिका र ९० वडामा गरी १०१ जना निर्वाचन अधिकृत खटिएको बताए । उनले निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्रका साथै निर्वाचन निर्देशिका, क्रियाशिल सदस्यको सुची लगाएत आवश्यक निर्वाचन सामाग्री सहित पठाईएको बताए ।
नेपाली काँग्रेसका निर्वाचन क्षेत्रन ः १ का सभापपति गणेश उपाध्यायले निर्वाचन अधिकृतहरु पठाए गाउँमा निर्वाचनको महोल बनेको बताए । उनले भने महाधिबेशन हुन्नकी भन्ने दुविधामा रहेको नेपाली काँग्रेका नेता कार्यकर्ताहरुलाई निर्वाचन अधिकृत तोकिए संगै उत्साह थपिएको बताए । उनले नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई निर्वाचन अधिकृत तोकिएको बताए ।